arrow

सबैभन्दा छोटो समयमा सबैभन्दा बढीलाई छात्रवृत्ति दिएर विश्व कीर्तिमानको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
schlorship.jpg

काठमाडौं । समता स्कुलका विद्यार्थीलाई सबैभन्दा छोटो समयमा सबैभन्दा बढी छात्रवृत्ति दिएर विश्व कीर्तिमानको अपिल गरिएको छ ।  नौ जनाको समूहले समता स्कूलको प्राङ्गणमा ४ हजार विद्यार्थी सामु एक नयाँ कीर्तिमानको प्रयास गरेका छन् ।

समूहले १ मिनेट १२ सेकेन्ड ५६ मिली सेकेन्डमा १०१ जना विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । विश्वमा यो एउटा नौलो तथा उत्कृष्ट उदाहरणीय कीर्तिमान हुने आयोजकको दाबी छ । 

विश्व कीर्तिमानका लागि गनिका गुरुङ, रोशन कुमार, टिकवीर राई, चमरसिंह तामाङ, सुजना राई, अनिल बुर्जा मगर, सरला पन्थी, शिरिष्मा लामा र निर्याणाक श्रेष्ठ एनएसकेू अभियानमा जोडिँदै विभिन्न १० जिल्लाका स्कुलका विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । 

यो विश्व कीर्तिमानको अवलोकन वर्ल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कट्वालले गरेका थिए । उनका अनुसार यस कार्यक्रमको श्रव्य दृश्य लन्डनमा पठाइनेछ र त्यसलाई अध्ययन गरि विश्व कीर्तिमानको उपाधि दिइनेछ । 

कार्यक्रमका सहभागी वरिष्ठ रयापर तथा समाजसेवी निर्याण श्रेष्ठका अनुसार यो एउटा प्रतीकात्मक विश्व कीर्तिमान हुनेछन् जसले अरू समाजसेवीहरूलाई उत्प्रेरित कार्य गर्न हौसला मिल्नेछ । 

साथै समूहलाई प्रतिनिधि गर्दै अर्को सहभागी गनिका गुरुङले भनिन् 'अहिले हामीले १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौं भने भविष्यमा १००१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि यो कीर्तिमान ब्रेक गरि नयाँ कीर्तिमान राख्ने प्रयास गर्नेछौँ' । 

यस कार्यक्रमका साक्षी तथा समता स्कुलका प्रिन्सिपल अजय अधिकारी सुशील भन्छन् 'म धेरै खुसी छु । यो समूहको जोस र जाँगर देखेर साथै वहाँ व्यक्त गर्नुहुन्छ हामी भन्छौँ नेपाल एक विविधतामा एकता भएको देश हो र यो भनाइलाई यो समूहले प्रमाणित गरेको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ