arrow

पाँच सय रुपैयाँले घट्यो सुनको मोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
gold-final-2022.jpg

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला पाँच सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । 

मंगलबार ९६ हजार दुई सय रुपैयाँ निर्धारण रहेको तेजावी सुनको मूल्य आज तोलाको ९५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । 

मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ