- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय ६ ओस्कार विजेता चलचित्र ‘फरेस्ट गम्प’ को रिमेक ‘लाल सिंह चड्डा’ फ्लप भएपछि वितरकहरूले क्षतिपूर्तिको माग गरेको खबरहरू फैलिएका छन् । १८० करोडको बजेटमा बनेको चलचित्रले खासै कमाइ नगरेपछि वितरकले पैसा फिर्ता मागेको समाचारहरू आएका छन् । तर यसको वास्तविकता भने अर्कै रहेको छ । चलचित्रको प्रडक्सशन आमिर खानको आमिर खान प्रोडक्सन र भायाकम १८ स्टुडियो रहेको छ ।
लाल सिंह चड्डाको वितरक भायाकम १८ स्टुडियोले क्षतिपूर्ति मागेको दाबीलाई अस्वीकार गरेको छ । भायाकम १८ भारतकै सबैभन्दा ठूला उद्योगपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको अन्तर्गत काम गर्ने फिल्म स्टुडियो हो ।
स्टुडियोले फिल्मको राष्ट्रव्यापी वितरणले फ्लप भएको भन्दै क्षतिपूर्ति माग गरेको समाचारको पनि खण्डन गरेको छ । साथै स्टुडियोले अनुसन्धान सुरु गरेको छ ।
भायाकम १८ स्टुडियोका प्रमुख अजित अन्धारेले फिल्म ‘लाल सिंह चड्डा’ विरुद्धको यो कथित अभियानप्रति खुलेर आश्चर्य व्यक्त गरेका छन् । उनी भन्छन्, ‘फिल्म ‘लालसिंह चड्डा’ को वितरणको काम हाम्रो कम्पनीले नै गरेको हो । हामीले फिल्म बनाएका छौं । बीचमा अरू वितरक संलग्न भएन भने यो मुआब्जा कसले र कसबाट माग्ने ?’
फिल्मका निर्मातालाई करोडौं घाटा लागेको खबरलाई पनि अन्धारेले अस्वीकार गरेका छन् । अन्धारे भन्छन्, ‘फिल्म ‘लाल सिंह चड्डा’ अहिले पनि हलमा चलिरहेको छ र यो फिल्मले एक रुपैयाँ पनि नोक्सान छैन।'
मुम्बईको एक प्रमुख मनोरञ्जन समाचार वेबसाइटबाट फिल्म विरुद्ध अभियान सूरु भएको थियो । सोही अनुसार अन्य सञ्चारमाध्यमले आआफ्नो न्युज पोटलमा छापेका गरेका थिए ।
यसरी हेर्दा चलचित्र दुष्प्रचारको सिधै सिकार भएको छ । फिल्म समीक्षकहरूको लागि मुम्बईमा आयोजित प्रेस शोमा देशका ठूला पत्रिका र शीर्ष वेबसाइटहरूका समीक्षकहरू जानाजानी फिल्म चलिरहेको बेला नकारात्मक प्रतिक्रिया दिएका थिए । यो फिल्म प्रदर्शन हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार अभियान चलेको थियो।
फिल्मको समीक्षा मिश्रित थियो। तर फिल्मको तारिफ गर्नेहरू सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल भएका छन् । बिहीबार फिल्मको रिलिज भएको पहिलो साता पुरा भएको छ । तर, कतिपय डिजिटल पत्रकारहरूले चौथो दिनदेखि नै फिल्मलाई फ्लप लेख्न थालेका छन् ।
अभियानकै रूपमा फिल्म फ्लप भएको भ्रम पनि फैलाइयो र फिल्मका वितरकले निर्मातासँग क्षतिपूर्ति मागको भनियो । जबकि लाल सिंह चड्डा निर्माण गर्ने कम्पनी भायाकम १८ भारतकै ठूला स्टुडियो हो र त्यसले आफैँले देशभर आफ्ना फिल्म वितरण गर्दै आएको छ ।
आमिर खान चीनका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय अभिनेता हुन्। भारतपछि चीनमा लोकप्रिय रहेका छन् । अभियानले फिल्मको घरेलु बक्स अफिस कलेक्सनमा प्रभाव परे पनि फिल्म चीनमा रिलिज हुन बाँकी छ । त्यहाँ आमिर खानको फ्यान फलोइङ राम्रो छ । फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
उनको फिल्म दङ्गलले चीनमा करिब १४०० करोड भारतीय रुपैयाँ र सेक्रेट सुपरस्टारले ८०० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यसबाहेक आमिरको थ्री इडियट्सले पनि चीनमा राम्रो कमाइ गरेको थियो।
फिल्मको निर्माता कम्पनीले फिल्मको स्याटेलाइट, डिजिटल, सङ्गीत, एयरलाइन्स ब्रोडकास्ट र विदेशी नेटवर्कमा प्रसारण अधिकारको फ्यूचर ट्रेडिङबाट फिल्मको लागत असुल गरिसकेको छ।