- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ माओवादीका नेता व्यक्तिवादी, स्वार्थी हुँदै गएका बताएका छन् । बुधवार राजधानीको एक कार्यक्रममा प्रचण्डले माओवादी पार्टी विगतभन्दा धेरै बिग्रिएको बताए ।
उनले विगतका विचार, भावना र कमरेडहरूको त्याग र बलिदानलाई स्मरण गर्दा माओवादी केन्द्र पहिलेजस्तो नभएको बताए । उनले भने,' हामी हिजोका जस्ता क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौं । आत्मकेन्द्रीत भएका छौं । स्वार्थी भएका छौं । हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर होइन । आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौं । हामी सामूहिक भावनाद्वारा उत्प्रोत भएर जाने टिक स्प्रीतबाट जाने भन्दा हामी स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौं । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको छ ।'
प्रचण्डले वामपन्थीहरूको बीचको एकताको प्रयास सकारात्मक हुँदै गएको बताएका छन् । वामपन्थी पार्टीहरूलाई एकताबद्ध गर्ने गरी समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्यलाई पुरा गर्न थप मिहिनेत गर्नुपर्ने उनको भनाई छ ।
उनले भने,' कम्युनिस्ट आन्दोलनलाई नयाँ तरीकारले ध्रुवीकृत गर्ने, त्यसलाई नयाँ तरिकाले एकीकृत गर्ने कोसिस पनि हाम्रो भइराखेकै छ । निर्वाचनको तयारी सन्दर्भमा निर्वाचन पनि राजनैतिक सङ्घर्षको रूपमा अगाडी जाने हो । यतिबेला सच्चा वामपन्थीहरूको बीचमा एकता र ध्रुवीकरण अगाडी जाओस् । भन्ने प्रयास गरेका छौं । वामपन्थी पार्टीहरूलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्यलाई पुरा गर्न अझै मिहिनेत गर्नुपर्ने छ ।'