arrow

फिनल्याण्डको आकासमा उडे रुसी लडाकु विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
finland-gulf-russia.jpg

काठमाडौं । रुसबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको फिनल्याण्डको खाडीको तटीय सहर पोर्भो नजिक बिहीबार बिहान दुईवटा रुसी एमआईजी–३१ लडाकू विमानले फिनल्याण्डको हवाई क्षेत्र उल्लंघन गरेको आशंका गरिएको छ ।

फिनल्याण्डको रक्षा मन्त्रालयले ती रुसी लडाकु विमानले आफ्नो वायु रक्षा क्षेत्रको उल्लंघन गरेको आशंका गरिएको बताएको हो ।

'घटनाको क्रममा फिनिश वायुसेनाले एक अपरेटिभ पहिचान उडान गरेको थियो,' मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । फिनिश बोर्डर गार्डले उल्लङ्घनको अनुसन्धान शुरु गरेको छ ।

नर्डिक मुलुक फिनल्याण्ड र स्वीडेनले रुसले युक्रेनमाथि आक्रमण गरेपछि वर्षाैंको तटस्थता त्याग्दै पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल हुने प्रक्रियामा अघि बढेका छन् ।

यसलाई लिएर रुसले फिनल्याण्डलाई सीमा क्षेत्रमा नेटोको पूर्वाधारहरु नबनाएसम्म कुनै आपत्ति नहुने भनेको छ । तथापि फिनल्याण्डले रुसलाई खतरा महसुस हुने गरी सीमा क्षेत्रमा नेटोको अखडा बनाए आफूले पनि त्यस्तै कदम चाल्ने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ