arrow

१७ दिनपछि निहारिकाले तोडिन् अनशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
niharika-rajput.jpg

काठमाडौं ।  विगत १७ दिनदेखि आमरण अनशन बसेकी निहारिका राजपुतले अनशन तोडेकी छन् ।  आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै अनशन बसेकी निहारिका र सरकार बीचमा तीन बुँदे सहमति भएपछि अनशन तोडेकी हुन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडिन् । 

सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । 

यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ