- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दक्षिण भारतीय चलचित्रका दिग्गज अभिनेता हुन् चिरञ्जीवी । उनलाई सलमान खानका मित्र र रामचरणका बाबु भनेर पनि चिनिन्छ । चिरञ्जीवीले सन् १९७८ मा फिल्म ‘प्रणाम खरीदू’ बाट आफ्नो करियर सुरु गरेका थिए ।
उनलाई फिल्म ‘मना पूरी पंडावुलू’ बाट पहिचान मिलेको थियो । अभिनेता छोटो समयमै तेलुगु सिनेमामा छाए । त्यसपछि उनले बिस्तारै कन्नड र हिन्दी फिल्ममा पनि काम गरे ।
अभिनेता चिरञ्जीवीले आज आफ्नो ६७ औं जन्मदिन मनाइरहेका छन् । सन् १९५५ मा जन्मिएका चिरञ्जीवीको नाम ती अभिनेतामध्ये एकमा पर्छ जसको लोकप्रियता भारतमा मात्रै नभई नेपालमा पनि छ । अभिनेताले आफ्नो करियरमा एउटा हिट फिल्म दिएका छन् ।
चिरञ्जीवीको त्यसो समयका सबैभन्दा महँगा अभिनेता थिए । उनको नाम र पारिश्रमिकको चर्चामा रहेका भारतका कलाकारसँगै गणना गरिएको थियो । सन् १९९२ मा आएको फिल्म घराना मोगुदुबाट उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका थिए ।
एक पटक उनले यस मामिलामा बलिउड महानायक अमिताभ बच्चनलाई पनि पछाडि छोडेका थिए । सो समय चिरञ्जीवीले एउटा फिल्मका लागि १.५ करोड भारु लिने गर्थे भने अमिताभ बच्चनले १ करोड पारिश्रमिक लिएका थिए ।
चिरञ्जीवीले भारतको तेस्रो प्रतिष्ठित अवार्ड ‘पद्मभूषण’ पनि पाएका छन् । उत्कृष्ट अभिनयका लागि ९ पटक साउथ इन्डियन फिल्म फेयर अवार्ड र ४ पटक नन्दी अवार्डबाट सम्मानित भएका छन् ।
चिरञ्जीवीले सन् २००८ मा प्रजा राज्यम पार्टी स्थापना गरे । सन् २००९ को विधान सभा चुनावमा चिरञ्जीवीको पार्टीले आन्ध्र प्रदेशमा १८ सिट जितेको थियो ।