arrow

चाडबाड नजिकिँदै, यस्तो हुनेछ एक हप्ताको राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ भदौ ६ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साप्ताहिक फल: भदौं ०५ गते सोमबार देखि भदौं १२ गते आइतबारसम्म) (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

साप्ताहिक राशिफल :

मेष : यो साता मानसिक तनाव आउने छ । पेटसम्बन्धी पाचनक्रियामा केही समस्या देखा पर्नेछ । छाती सम्बन्धी समस्याले सताउने देखिन्छ । कार्यमा अवरोध आउने देखिन्छ । कार्यमा अवरोध आउने देखिन्छ । मानसिक पीडा तनावको स्थिति आउन सक्नेछ । सन्तानदेखी टाढा हुनु पर्नेछ । महिनाको अन्तिम तिर सोचेको काम पूर्ण हुनेछ । पेसा व्यवसायमा परिवर्तन गर्ने समय आयको छ । कडा मिहिनेत गर्नु पर्नेछ । प्रेममा अवरोध हुनुका साथै शारीरिक चोटपटक लाग्न सक्नेछ । विद्यार्थी वर्गका अध्ययनमा सफलता रहेको छ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : यो साता आर्थिक लाभ हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सुखमय रहने नै छ । साताको अन्तिम तिर मौसमी रोगले सताउने देखिन्छ । आँखामा केही समस्या आउने देखिन्छ । घर गृह सुख प्राप्त हुनेछ । आर्थिक पक्ष्यमा नयाँ नयाँ श्रोत देखा पर्नुका साथै आर्थिक लाभ हुनेछ । दिदी बहिनीबाट सम्बन्धमा चिसोपन आउने छ । दुख कष्ट निवारण हुनुका साथै विरोधी पक्ष्य परास्त हुनेछन् । एक्कासी धन नोक्सान हुनेछ । विरोधी पक्ष्यले केही दुःख दिएर धनहानी हुनेछ । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : यो साता खराब मान्छेसँगको संगतले धन नोक्सान हुन सक्नेछ । आँखामा केही समस्या आई पर्नेछ । विरोधी पक्ष्यहरु परास्त रहनेछन् । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहने छ । अलि वादविवादमा पर्ने देखिन्छ । आर्थिक पक्ष्यमा केही मध्ययम रहेको छ । विद्यार्थी वर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । कार्यमा अवरोध आउने देखिन्छ । शेयर कारोबारमा लाभ रहेको छ भने राज्यपक्ष्यबाट सम्मान मिल्ने देखिन्छ । श्रृङ्गारिक सामानहरू प्राप्त हुनेछ । खराब महिलाको संगतले धन नोक्सान बेहोर्नु पर्ने देखिन्छ । सन्तान कष्ट हुनेछ । मथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : यो साता साता मान सम्मानमा गिरावट आउने छ । रिसलाई बहसमा राख्नु पर्नेछ । कडा मिहिनेत गर्नु पर्नेछ । यात्रामा कष्ट र दुर्घटना पर्ने देखिन्छ । धनहानी हुनेछ । तामसिक भोजनको कारण पेटमा केही समस्या आउने देखिन्छ । आर्थिक पक्ष्यमा नयाँ नयाँ श्रोतहरू देखा पर्नेछन् । बोलीको प्रभाव बढ्ने देखिन्छ । सन्तान पक्ष्यबाट सन्तोष मिल्नुका साथै संन्तानहरुले धन लाभ गर्नेछन् । दूराचारतिर मन लाग्दा अलि हानी बेहोर्नु पर्ने देखिन्छ । दाम्पत्य जीवनमा परिवारजनमा रोग देखा पर्नेछ । धार्मिक तीर्थ यात्राको स्थान गर्नु पर्नेछ । मित्रजनबाट धोखा मिल्नेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता मिल्नेछ । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : यो साता वैदेशिक यात्रा हुनुका साथै आयात निर्यात कार्य गर्नेहरूलाई लाभ हुनुका साथै भ्रमण, मनोरञ्जन कार्यमा धन नोक्सान हुने देखिन्छ । कामुकतामा वृद्धि हुनेछ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता मिल्ने देखिन्छ । कार्यमा अवरोध हुने देखिनुका साथै धार्मिक कार्यमा मन कम लाग्ने देखिन्छ । आफ्नै पराक्रमबाट धनलाभ हुनेछ । सन्तानबाट अलि मनमुटाब बढ्नेछ । वस्त्र सम्बन्धी व्यापार गर्नेलाई हानी नोक्सान बेहोर्नु पर्नेछ । विरोधी पक्ष्यबाट धनलाभ हुनेछ । अकस्मात् धनबृद्धि समेत हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा चिसो पन आउने देखिन्छ । सिंह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : यो साता धन प्राप्त हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । मनमा उमङ्गता बढ्ने छ । दाम्पत्य सुखमा कमी हुनेछ । आँखाका साथै मलद्वार सम्बन्धी समस्याले सताउने छ । महिनाको अन्तिमतिर धनमा कमी आउनेछ । प्रेममा अवरोध रहने देखिन्छ । झुटा कुरा बोल्दा नोक्सान बेहोर्नु पर्नेछ । कार्यमा सफलता मिल्नुका साथै विद्यार्थी वर्गमा अध्ययनमा सफलता मिल्नेछ । व्यापार वा अन्य बिजनेसमा लाभ हुनेछ । सन्तान सुखमा कमी रहनेछ । विदेश यात्राको अवसर मिलेता पनि भयङ्कर रोगको सामना गर्नु पर्नेछ । आँखामा केही समस्या आई पर्नेछ । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : यो साता धार्मिक तथा मंगल कार्यमा मन लाग्नेछ । सरकारी जागिरमा रहनेहरूलाई शुभ रहला । विरोधी पक्ष्यहरु परास्त भई जानेछन् । मित्रजनबाट धोखा मिल्नुका साथै विद्यार्थी वर्गका लागि अध्ययनमा केही अवरोध बेहोर्नु पर्ने देखिन्छ । दाजुभाइ बिचमा विवाद आउनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सन्तानबाट वैमनष्यता बढ्ने देखिन्छ । राजकीय कार्यमा अवरोध सृजना आई पर्नेछ । महिलाहरूबाट विभिन्न किसिमका आरोपहरू बेहोर्नु पर्ने देखिन्छ । मित्रजनबाट र राज्यपक्ष्यबाट विभिन्न किसिमका आरोप, झन्झट बेहोर्नु पर्ने देखिन्छ । शरीरमा पित्त र बाथ सम्बन्धी समस्याले सताउने देखिन्छ । प्रेममा अवरोध रहेको छ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : यो साता दाजुभाइ बिचमा सम्बन्धमा चिसो पन आउने छ । मानसिक चिन्ता बढ्ने देखिन्छ । मित्रजनबाट धनलाभका साथै उपहार समेत प्राप्त हुनेछ । प्रेममा सुधार आउनेछ । विरोधी पक्ष्यहरु परास्त हुदैं जानेछन् । हिरा, मोती, सुनचाँदी प्राप्त हुनेछ । व्यापारमा लाभ हुनुका साथै राज्यपक्ष्यबाट मानसम्मान मिल्नेछ । बोलीमा प्रभावकारिता बढ्नेछ भने सन्तान सुख प्राप्त हुनुका साथै अध्ययनमा सफलता मिल्नेछ । विदेश यात्राको अवसर मिल्नेछ । मनमा अनेक किसिमको डर उत्पन्न हुनेछ । आँखामा समस्या आई पर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : यो साता स्त्रीको कारण जेल, हिरासतमा जानु पर्ने अवस्था आउन सक्नेछ । नयाँ नयाँ बस्त्र पहिरन गर्न पाउनुका साथै शारीरिक सुख प्राप्त हुनेछ । विरोधी पक्ष्यबाट पीडा बेहोर्नु पर्ने देखिन्छ । आयस्रोतमा केही अवरोधको सामाना गर्नु पर्नेछ । धर्मकर्ममा मन लाग्नुका साथै शेयरमा लगानी गर्नेलाई लाभ हुनेछ । मित्रजनबाट लाभ हुनुका साथै घरगृहस्थीको सुख प्राप्त हुनेछ । बिलाशी सामाग्रीमा खर्च बढ्ने देखिन्छ । स्वजन कुलकुटुम्बबाट विरोधको भाव उत्पन्न हुनेछ । मानसिक तनाव सृजना हुनेछ । विद्यार्थी बर्गले कडा मिहिनेत गर्नु पर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : यो साता व्यापार व्यवसायमा बाधा उत्पन्न हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । शारीरिक कष्ट उत्पन्न हुनुका साथै कडा परिश्रम गर्नु पर्नेछ । घरगृहस्थीको सुखमा कमी मिल्नुका साथै राज्यपक्ष्यबाट अपमान बेहोर्नु पर्नेछ । छातीको समस्याका साथै रक्त विकार बढ्ने देखिन्छ । विरोधी पक्ष्य परास्त भएर जानेछन् । मित्रजनबाट धनलाभ हुनुका साथै राज्यपक्ष्यबाट मानसम्मान पाउने छ । दाम्पत्य जीवनमा रोगका कारण पारिवारिक तनाव बढ्ने देखिन्छ । टाढाको यात्राको अवसर मिल्नेछ । सरकारी जागिरमा रहेकाहरूलाई राज्यपक्ष्यबाट अपमान बेहोर्नु पर्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : यो साता विरोधी पक्ष्यहरु परास्त भएर जानेछन् । रोग नाश भएर जानेछ । कार्यमा सिद्धि हुनुका साथै राज्यपक्ष्यबाट मान सम्मान मिल्नेछ । राज्यपक्ष्यबाट कष्ट आई पर्नेछ । रक्त विकार बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहने छ । सन्तान सुख मिल्नुका साथै राज्यपक्ष्यबाट मान प्रतिष्ठा बढ्ने देखिन्छ । विरोधी पक्ष्य परास्त हुनेछन् । यात्रामा हानी हुनुका साथै प्रेममा अवरोध सृजना हुनेछ । वैदेशिक यात्राको अवसर समेत मिल्नुका साथै खर्च बढ्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता मिल्नेछ । विरोधी पक्ष्य परास्त हुनुका साथै धनलाभ समेत हुनेछ । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : यो साता शारीरिक तथा मानसिक शक्तिमा कमी आउनेछ । विद्यार्थी वर्गमा अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । चिसो सम्बन्धी समस्याले सताउनेछ । राज्यपक्ष्यबाट मानसम्मान मिल्नेछ । आँखामा समस्या आउनेछ । खराब मानिसको कारण धन नोक्सानी बेहोर्नु पर्नेछ । नयाँ बस्त्र पहिरन अवसर मिल्नुका साथै पुस्तक अध्ययनमा रुची बढ्ने देखिन्छ । कार्यमा अवरोध हुनुका साथै नोक्सानी बेहोर्नु पर्ने देखिन्छ । अध्ययनमा रुची बढ्नुका साथै बोलीमा प्रभावकारिता बढ्ने छ । सन्तान सुख मिल्नेछ । मेशिनरी, फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधी पक्ष्य परास्त हुनुका साथै धन लाभ हुनेछ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ