arrow
ADVERTISEMENT

भारतमा आक्रमणको योजना बनाएका आईएसका कार्यकर्तालाई रुसी गुप्तचरले पक्रियाे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
india-attack-russia-arrest.jpg

काठमाडौं । रुसको शीर्ष सुरक्षा एजेन्सीले भारतमा आत्माघाती हमलाको योजना बनाएको इस्लामिक स्टेट (आईएस) का एक कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।

रुसको गुप्तचर निकाय संघीय सुरक्षा सेवा (एफएसबी) ले एक बयान जारी गर्दै ती आईएसका कार्यकर्ताले भारतको सत्तारुढ सर्कलको एक उच्च नेतृत्वमाथि आत्माघाती आक्रमण योजना बनाएको बताएको हो ।

रुसी समाचार एजेन्सी रिया नोवोस्तीले सोमबार यो रिपोर्ट सार्वजनिक गरेको छ । इस्लामिक राज्यको बारेमा विश्वव्यापी चिन्ता बढेको बेला यस्तो घटना बाहिरिएको हो। 

यी व्यक्ति एसियाली देशको भएको र अप्रिलदेखि जुन २०२२ सम्म टर्कीको भ्रमणको क्रममा भर्ती गरिएको रुसको गुप्तचर निकाय संघीय सुरक्षा सेवा एजेन्सीले बताएको छ ।

एजेन्सीले जारी गरेको बयानमा यी कार्यकर्तालाई टेलिग्रामको खातामार्फत र आतंकवादी संगठनको प्रतिनिधिद्वारा इस्तानबुलमा व्यक्तिगत बैठक गर्दै प्रेरित गरिएको थियो ।

रुसी मिडियाले आतंकवादीको ५७ सेकेण्डको भिडियो पनि सार्वजनिक गरेको छ । थप विवरणहरु सार्वजनिक हुन बाँकी छ ।

एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि एक उच्च प्रोफाइल आतंकवादी आक्रमण गर्न ती व्यक्तिलाई 'आईटीओ आईजीका अमिरसँग वफादारीको शपथ लिएपछि' रूसी भुमि  छोड्न आवश्यक कागजातहरू पूरा गर्न र भारत उडान गर्न निर्देशन दिइएको थियो।

भारतले पछिल्लो आईएसमाथि चिन्ता व्यक्त गर्दै आएको छ । गत हप्ता मात्रै उज्वेकिस्तानमा भएको सांघाई सहयोग संगठनका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिश्रीले आईएसलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ