arrow

नेपाललाई खाद्य संकटको सामना गर्न अमेरिकाले एक अर्ब ९२ करोड दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
nepal-usa.jpg

काठमाडौं । अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । 

‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । 

सोही अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नेपाललाई विश्वव्यापी खाद्य संकटबाट जोखिममा परेका जनतालाई जोगाउन १ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो । 

अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुराको सुनिश्चितता गर्न सहयोग गर्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ