arrow

उपत्यकामा बन्दको प्रभाव : सवारी साधनमा तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
ktm-banda.jpg

काठमाडौं । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवहान गरेको बन्दको अवहेलना गरेको भन्दै बन्दकर्ताहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोड गरेका छन् । 

आज बिहानै कोटेश्वरमा बन्दको अवज्ञा गरेको भन्दै महानगर यातायातमा बन्धकर्ताहरूले तोडफोड गरेर भागेका थिए । अहिले चोक चोकमा प्रहरीहरू खटाइएको छ । 

बन्द गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  काठमाडौंबाट करिब २ दर्जन बन्दकर्ता पक्राउ परेका छन् ।  बिहान ८ बजेपछि सार्वजनिक यातायात पनि चल्न थालेका छन् । अधिकांश पसलहरू पनि खुलेका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्ण जित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आव्हान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ