arrow

जापान सागरमा रुसी बमवर्षक विमानकाे गस्ती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
russian-fighter.jpeg

काठमाडौं । रुसको रक्षा मन्त्रालयले दुई रुसी रणनीतिक बमवर्षकहरूले जापान सागरको तटस्थ पानीमा गस्ती गरेको जानकारी दिएको रुसी समाचार एजेन्सीहरूले रिपोर्ट गरेका छन् ।

यद्यपि दक्षिण कोरियाले भने तिनी बमवर्षकहरु मंगलबार आफ्नो वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

करिब सात घण्टा चलेको उडानमा रुसका विमानहरू दक्षिण कोरियाली एफ-१६एस सँग रुटको केही चरणमा सँगै रहेको रुसी मिडियाले मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

दक्षिण कोरियाली सेनाले रुसी युद्धक विमानहरू आफ्नो वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेको र जवाफमा सामान्य रणनीतिक कदम चालेको बताएको छ। तथापि यसबारे विस्तृत विवरण भने दिएको छैन ।

हालैका वर्षहरूमा विभिन्न क्षेत्रहरूमा विवादास्पद दावीहरूको बीचमा रुसी र चिनियाँ युद्धक विमानहरू यो क्षेत्रमा प्रवेश गर्ने गरेका छन् ।

एयरस्पेसको विपरीत एडीआईजेड सामान्यतया एउटा क्षेत्र हो जहाँ देशहरूले एकतर्फी रूपमा विदेशी विमानहरूले आफूलाई पहिचान गर्न विशेष कदम चाल्न माग गर्न सक्छन् । एडीआईजेडलाई नियन्त्रित गर्ने कुनै अन्तर्राष्ट्रिय कानून छैन ।

रुसले दक्षिण कोरियाको एडीआईजेडलाई मान्यता दिँदैन। चीनले उक्त क्षेत्र क्षेत्रीय हवाई क्षेत्र नभएको र सबै देशले त्यहाँ आवतजावत गर्ने स्वतन्त्रताको आनन्द लिनुपर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ