arrow
ADVERTISEMENT

ट्रम्पले ह्वाइट हाउसबाट चोरेका गोप्य कागजात एफबीआईले भेटायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
trump-house.jpg

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट चोरेका गोप्य कागजात एफबीआईले भेटाएको दबाबी गरिएको छ । अमेरकी सरकारका अनुसार अहिलेसम्म ट्रम्पले आफ्नो रिसोर्टमा राखेका ३ सयभन्दा भन्दा बढी गोप्य सरकारी कागजातहरू प्राप्त गरेको छ । 

ट्रम्पले ह्वाइटहाउस छाड्दा सरकारलाई बुझाउनुपर्ने गोप्य र अत्यधिक संवेदनशील कागजातहरू आफूसँगै रिसोर्टमा लगेर महिनौं राखेका थिए । सबै सामग्री फिर्ता गर्न अनुरोध गरे पनि उनले गरेका थिएनन् ।

कागजातहरूको पहिलो चरणमा जनवरीमा फिर्ता पाएको थियो भने अर्को सेट ट्रम्पका सहयोगीहरूले जुनमा जस्टिस डिपार्टमेन्टलाई उपलब्ध गराएका थिए । बाँकी कागजात एफबीआईले यसै महिना छापा मारेर निकालेको हो ।

जनवरीमा राष्ट्रिय अभिलेखहरूले पुनःप्राप्त गरेका कागजातहरूमा १५० भन्दा बढी कागजात गोप्य कागजातहरु थिए । जसका कारण एफबीआई एजेन्टहरूले यसै महिना ट्रम्पको मार ए लागो रिसोर्टमा थप कागजातका लागि छापा मार्ने अवस्था आएको थियो ।

ट्रम्पले कार्यालय छोडेको झण्डै एक वर्षपछि जनवरीमा फिर्ता पठाइएका १५ बाकस कागजातमा सीआईए, राष्ट्रिय सुरक्षा निकाय र एफबीआईका कागजातहरू समावेश थिए।

ट्रम्पका सहयोगीहरूले जूनको सुरुमा डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले मार ए लागोको भ्रमण गर्दा केही दर्जन थप संवेदनशील कागजातहरू बुझाएका थिए । 

एफबीआईएका अधिकारीहरूले यसै महिना छापा मार्दा २६ वटा बाकसहरू भेटाएका थिए । जसमा गोप्य चिन्ह लगाइएको सामग्रीहरु ११ सेट थिए । जसमा एक सेट कागजात अती गोप्य र संवेदनशील थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ