arrow

बाइडेनले गरे ऋण माफ, चार करोड विद्यार्थीलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
joe-biden-new.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार घोषणा गरेको लामो समयदेखि प्रतिक्षित ऋण माफी योजनाले कयौं विद्यार्थीलाई ठूलो सहयोग पुर्याएको छ । मध्यावधि चुनावको दौडकाबीच राजनीतिकरुपमा विभाजनकारी कदमले ४ करोड विद्यार्थीको ऋण घटाइदिएको छ भने कयौंको पूर्णरुपमा हटाइएको या छुट दिइएको छ ।

आफ्नो चुनावी अभियानको वाचा पूरा गर्दै बाइडेनले वार्षिक १ लाख २५ हजार डलर भन्दा कम आम्दानी भएका वा २ लाख ५० हजार अमेरिकी डलर भन्दा कम आाम्दानी रहेको परिवारका विद्यार्थीको १० हजार अमेरिकी डलर संघीय विद्यार्थी ऋण हटाइदिएका छन् ।

यस्तै कलेजमा उपस्थित हुन संघीय पेल अनुदान प्राप्त गर्नेहरूका लागि थप पनि १० हजार अमेरिकी डलरको ग्रान्ट छुट गरिदिएका छन् ।

यो अमेरिकाको द्रुत रूपमा बढ्दो विद्यार्थी ऋणको ज्वारलाई रोक्नको लागि अभूतपूर्व प्रयासको रूपमा हेरिएको छ । तर यसले कलेजको उच्च शुल्क जुन फराकिलो मुद्दा हो त्यसलाई भने सम्बोधन गर्दैन ।

रिपब्लिकनहरूले आफ्नो ऋण चुक्ता गरेका र जो कलेजै जान नपाएकाहरुका लागि यो अपमानजनक कदम भन्दै निन्दा गरेका छन्। 

राजनीतिक स्पेक्ट्रम भरका आलोचकहरूले पनि बाइडेनसँग यस कदमको लागि अधिकार छ कि छैन भनेर प्रश्न गरेका छन् भने, कानुनी चुनौतीहरू लगभग निश्चित देखिएका छन् ।

बाइडेनले संघीय विद्यार्थी ऋण भुक्तान गर्नुपर्ने अवधि अन्तिम समय पनि यस वर्षको अन्त्यसम्मका लागि थप गरिदिएका छन् । यस्तै अब अर्काे भुक्तानी जनवरीमा फेरि सुरु हुनेछ ।

'यी दुबै लक्षित कार्यहरू ती परिवारहरूका लागि हुन् जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ ।  कामदार र मध्यम वर्गका मानिसहरूलाई महामारीको समयमा विशेष गरी कडा मार परेको छ,' बाइडेनले बुधबार दिउँसो ह्वाइट हाउसमा बोल्दै भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ