arrow

यूईएफए वर्ष खेलाडी बने बेन्जिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
karim-benzema-uefa.jpg

काठमाडौं । च्याम्पियन्स लिग विजेता रियाल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । 

बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । 

पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन् । इटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले यूईएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।

यूईएफएले बिहीबार राति  नै च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ