arrow

जो जीवनसाथी बने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
anupum-kiran.jpg

काठमाडौं । अनुपम खेर र किरण खेर बलिउडका चर्चित नाम हुन् । ३७ वर्षअघि आजकै दिन अनुपम खेर र किरण खेरले विवाह गरेका थिए । आज यी सुन्दर जोडीको विवाहको वार्षिकोत्सव हो। 

किरण खेर र अनुपम खेर चण्डीगढमा थिएटर समूहमा थिए। दुवैले धेरै नाटकमा सँगै काम गरेका छन् । दुवैको विवाह भइसकेको थियो । अनुपम खेरले सन् १९७९ मा मागी विवाह गरेका थिए तर उनी यस सम्बन्धमा खुसी थिएनन् । 

किरणको विवाह मुम्बईका व्यापारी गौतम बेरीसँग सन् १९८० मा भएको थियो, जुन पाँच वर्ष मात्र टिकेको थियो।

चण्डीगढपछि किरण खेर र अनुपम खेर दुवै मुम्बईमा सङ्घर्ष गरिरहेका थिए । यसैबीच प्रेम भयो।  अनुपम खेरले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए । किरण खेरले पतिसँग सम्बन्ध विच्छेद गरिन् । 

सन् १९८५ को आजकै दिन किरणले अनुपमसँग विवाह गरे । पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेदका बारेमा किरणले भनेकी थिइन्, 'पहिलो विवाहमा कुनै प्रेम बाँकी थिएन, त्यसैले छुट्टिने निर्णय गरेकी हु ।'

किरणको पहिलो विवाहबाट एका छोरा छन्, जसको नाम सिकन्दर हो । किरणसँगको विवाहपछि अनुपमको जीवन ट्र्याकमा फर्कियो। किरण खेरले सिनेमादेखि राजनीतिसम्म सङ्घर्ष गरिन् । 

जीवनमा सङ्घर्ष गर्दै यहाँ सम्म पुगेकी किरण अहिले  क्यान्सरजस्ता रोगसँग लडिरहेका छन् । गत वर्ष किरण खेरलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ