arrow

घटस्थापनादेखि काठमाडौंमा दशैंका खसी बोका बिक्री, तीन हजार ल्याइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
khasiboka.jpg

काठमाडौं । सरकारले यस वर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दशैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । 

उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण शुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यस वर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ