arrow

तीन ‘वा’ लाई बिदा गरौं, अगाडि ‘वा’ भएका डोजर लिएर निस्किसके : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
rabi-lamichhane.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् । 

लामिछानेले पछाडि ‘वा’ भएकाहरूलाई स-सम्मान बिदा गर्नुपर्ने बताउँदै अगाडि ‘वा’ भएका (वालेन्द्र साह) डोजर लिएर निस्किएको बताए ।

उनले भने,' पछाडि वा भएका तीन ‘वा’ केपी वा, देउवा, नानीका वा । पछाडि वा भएकाहरूलाई स-सम्मान बिदा गरौं, किनकि अगाडि ‘वा’  भएका डोजर लिएर निस्किसके ।'

 लामिछानेले नेपालका दलहरूको कारणले राजनीति घिनलाग्दो भएको बताउँदै बेथतीको मेन स्विच बन्द गर्ने उद्देश्यले आफू राजनीतिमा आएको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ