arrow

एसिया कप क्रिकेट शुरु, आज भारत–पाकिस्तान भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
asia-cup-cricket-2022.jpg

काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । यूएईको दुबईमा हिजोदेखि शुरु भएको प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हरायो । 

पहिले ब्याटिङ गरेको श्रीलंकाले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनायो । भानुका राजपाक्षेले सर्वाधिक ३८ रन बनाएको इनिङ्समा फजलहक फारोकीले ३ तथा मुजिब उर रहमान र मोहम्मद नाबीले २–२ विकेट लिए । राशिद खान भने विकेटविहीन रहे । 

जवाफमा अफगानिस्तानले १०.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । रहमुल्लाह गुर्बाजले १८ बलमा ४० तथा हज्रतुल्लाह जाजाईले २८ बलमा अविजित रहँदै ३७ रन बनाइन् । 

भारत–पाकिस्तान भिडन्त
आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । १० महिनापछि भारत र पाकिस्तान आमने सामने हुँदैछन् । खेल बेलुकी ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुँदैछ । 

यसअघि सन् २०२१ को अक्टुबर २४ मा विश्वकप टी–२० मा टिम भिडेका थिए । उत्तः खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । 

एसिया कपमा पाकिस्तानले भारतविरुद्ध सन् २०१४ पछि कुनै पनि खेल जितेको छैन । पाकिस्तानले सन् २०१६ मा बराबरी गरेको थियो । 

एसिया कपमा अहिलेसम्म भएका १४ खेलमा भारतले ८ खेल जितेको छ । पाकिस्तानले ५ खेल जित्दा एक खेल वर्षाले अवरुद्ध भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ