- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टलिवुडका सलमान भनेर चिनिने जुनियर एनटीआर यस वर्ष एसएस राजामौलीको फिल्म आरआरआरमा देखिएका थिए।
यस फिल्ममा एनटीआर र रामचरण मुख्य भूमिकामा थिए। जसले विश्वव्यापी कलेक्सन १२ सय करोड रुपैयाँ गरेको छ । फिल्ममा उनले ७२ करोड परिश्रमिक लिएका थिए ।
हैदरावादको सबैभन्दा पोष्ट क्षेत्रहरू मध्ये एक जुबली हिल्स हो। जुनियर एनटीआरको यस क्षेत्रमा हरियालीले घेरिएको आलिसान घर छ। मिडिया रिपोर्टका अनुसार यस बङ्गलाको मूल्य करिब ४० करोड रहेको छ ।
राम चरण, महेश बाबु, अल्लु अर्जुन जस्ता साउथ ए-लिस्टर कलाकारहरू जुनियर एनटीआरका छिमेकी हुन्। यो विलासी घर बाहेक जुनियर एनटीआरको हैदराबाद, बैंगलोर र कर्नाटकमा पनि सम्पत्ति छ।
भारतका कलाकारहरू बीचको सबैभन्दा लोकप्रिय गाडीहरू एनटीआरसँग छ । उनीसँग ल्यान्ड रोभरको रेन्ज रोभर भोग, पोर्श, बीएमडब्लू लगायतका गाडिहरू छन् । जसको मूल्य ११ करोड भन्दा माथि छ ।
जुनियर एनटीआर महँगो गाडीका साधै विमानका पनि सौखिन हुन् । उनी १२८ करोडको निजी जेटका मालिक हुन् । उनको विमान शम्साबाद अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको छ।
मिडिया रिपोर्टका अनुसार जुनियर एनटीआरले आफ्नो विवाहमा १६० करोड रुपैयाँ खर्च गरेका थिए । उनको विवाहमा १५ हजार पाहुना आएका थिए । जसमध्ये १२ हजार उनका फ्यान थिए भने बाँकी देशैभरका ठूला राजनीतिज्ञ र व्यापारी थिए ।