arrow
ADVERTISEMENT

भारतको नोयडामा अवैधरुपमा बनेका दुई गगनचुम्बी भवन ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
noida-twin-tower.jpg

काठमाडौं । भारतकाे उत्तर प्रदेशस्थित नोयडामा रहेका दुई गगनचुम्बी टावरहरू अन्ततः आइतबार नियन्त्रित रुपमा गरिएको विष्फोटद्वारा ध्वस्त गरिएका छन् ।

सो भवनका बासिन्दाहरूले निर्माणमा भएको अनियमितताको बारेमा अदालतले भत्काउन आदेश दिएको आठ वर्षपछि भवन भत्काइएका हुन् ।

मुम्बईको कम्पनी एडिफिस इन्जिनियरिङले सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिच्युट र नोयडा अधिकारीहरूसँग करिब ३७०० किलोग्राम विस्फोटक पदार्थको सहयोगमा भवन ध्वस्त गरिएको हो ।

इलाहाबाद उच्च अदालतले २०१४ मा यो भवन भत्काउन आदेश दिएको थियो र २०२१ मा सर्वोच्च अदालतले आदेशलाई तीन महिनाभित्र कार्यान्वयन गरिनु पर्ने बताएको थियो ।

प्राविधिक कारणले भत्काउन एक वर्षभन्दा बढी समय ढिलो भए पनि आइतबार अदालतको आदेशको पालना भएको अधिकारीहरुले सुनिश्चितता गरेका थिए ।

'सुपरटेक एमराल्ड कोर्ट' हाउसिङ सोसाइटीका बासिन्दाले निर्माण व्यवसायीले नियम उल्लंघन गरेको आरोप लगाएपछि यस्तो आदेश आएको हो । 

प्रारम्भिक योजनामा ​​सोसाइटीमा १४ टावर र ९ तला हुने देखाइए पनि दुवै टावरमा ४० तला बनाइएको थियो ।

योजनाका इन्जिनियरका अनुसार विस्फोटबाट निस्केको धुलो निस्कन करिब १२ मिनेट लाग्ने ठानिएको थियो ।

भवनको भग्नावशेषलाई आगामी तीन महिनाभित्र खाली गरी तोकिएको ठाउँमा ढुवानी गर्ने योजना रहेको  छ ।

पीटीआईका अनुसार सात हजार मानिसहरूलाई सुरक्षा चिन्ताको कारणले यस क्षेत्रका भवनहरूबाट बाहिर जान भनिएको थियो ।

उनीहरूलाई सुरक्षा क्लियरेन्सपछि आइतबार साँझ साढे पाँच बजेसम्म उनीहरूको निवासमा फर्किन अनुमति दिइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ