arrow

बाँकेमा ‘जनताको साथमा कांग्रेस अभियान शुरु, दीपक गिरीले गरे उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
janatako-sathma-congress-banke.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले चुनाव लक्षित ‘जनताको साथमा कांग्रेस अभियान शुरु गरेको छ । बाँकेमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले आइतबार बिहान पार्टी कार्यालय नेपालगञ्जमा आयोजित एक कार्यक्रमकाबीच अभियान शुरु गरेका हुन् । 

भदौ २४ गतेसम्म चल्ने अभियानमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी विभिन्न गतिविधिहरु संचालन गरिने छन् । 
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा जारी कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो भनाइ राख्ने क्रम चलिरहेको छ ।

 पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका छन् ।



नयाँ