- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संचार तथा सूचना प्रविधि सचिव बैकुण्ठ अर्याल र हालै मात्रै अर्थ मन्त्रालयबाट निकालिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आएका मधुकुमार मरासिनीले सुरक्षामा निकै कमजोरी भएको कारण देखाएर ‘सेक्युरेटी अडिट’ भएको नागरिक एपलाई विद्युतीय राष्ट्रिय परिचयपत्रसँग इन्ट्रिगेशन गर्न भन्दै अनधिकृत पत्र पठाएको भेटिएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव मरासिनीको ठाडो आदेशमा जारी गरिएको पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले शुरु गरेको नागरिक एपलाई राष्ट्रिय परिचयपत्रसँग इन्ट्रिगेशन गर्न आदेश गरिएको छ ।
यद्यपि सरकारले भने उक्त नागरिक एपमा धेरै सुरक्षा कमजोरी भएको र त्यहाँका तथ्याङ्कहरु यसअघि तत्कालीन प्रधानमन्त्री ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीको निजी कब्जामा रहेको भन्दै एपको पूर्ण सुरक्षा चेक गरेर मात्रै अघि बढाउने नीति बनाएको छ ।
स्रोतका अनुसार अलीसँगको साँठगाँठमा संचार सचिव अर्याल र मरासिनीले अनधिकृत रुपमा नागरिक एप र राष्ट्रिय परिचयपत्र इन्ट्रिगेशन गर्न खोजेका हुन् । मुख्यसचिव शंकरदास बैरागी विदेश गएको मौका छोपेर सचिवद्धय अर्याल र मरासिनीले चलखेल गरेको पाइएको हो ।
नागरिक एपमा भएका जनताका गोप्य सूचनाहरु अस्गर अली र एमालेले अनधिकृत रुपमा प्रयोग गर्ने गरेको विभिन्न संचार माध्यमहरुमा आएको छ ।
त्यसका साथै नागरिक एपको सुरक्षामा निकै कमजोरी भएको भन्ने थाहा पाएपछि सरकारले सुरक्षालाई थप मजबुत बनाएपछि मात्रै नागरिक एपलाई कसरी अघि बढाउने भन्ने नीति लिने बताएको छ ।
तर राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले भने तत्काल नागरिक एपसँग इन्ट्रिगेशन गर्न नसक्ने भन्दै उक्त पत्र फिर्ता गरेको छ ।