arrow

पर्वको साता यस्तो हुनेछ सबैको राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साप्ताहिक राशिफल : (भदौ १३ गते साेमबारदेखि १९ गते आइतबारसम्म) (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।) राशिफलले जेजस्तो भनेता पनि तपाईँको साता शुभ रहोस् ।

साप्ताहिक राशिफल :

मेष : मेष राशिका लागि भदौ दोस्रो साता शुरुवाती दिनमा पारिवारिक मनमुटाब, विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा शुभ, राजनीतिक कला शुभ, आर्थिक हानी रहेको छ । खेलकुद सम्बन्धि प्रतिस्पर्धामा सफल, सरकारी जागिर नोकरी गर्नेलाई विवाद । सन्तान पक्षबाट सुख, वैदेशिक कार्यमा लाभ, कृषि कार्य हानी । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलवार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : वृष राशिका लागि भाद्र दोस्रो साता नोकरीमा बाधा, प्रशासनिक काममा ढिलासुस्ती । राज्यपक्षबाट सम्मान प्राप्त, नयाँ कार्य गर्दा शुभ फल प्राप्त हुनेछ । कार्यमा हानी, अध्ययनमा शुभ, वैदेशिक कार्यमा सफलता, पारिवारिक मनमुटाब, खेलकुद, राजनीतिक, कलासंस्कृति क्षेत्रमा शुभ, स्वास्थ्यमा टाउको सम्बन्धी समस्या, पशु पालन, कृषि सम्बन्धी कार्यमा शुभ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : मिथुन राशिका लागि भाद्र दोस्रो साता आर्थिक धनलाभ, शरीरमा उमङ्गता, स्वास्थ्य क्षेत्रमा समस्या, रोग र शोक, व्यापार क्षेत्रमा हानी, वैदेशिक रोजगारीमा शुभ, अध्ययन अध्यापनमा शुभ, सरकारी पेशा गर्ने तथा जागिरमा मानसम्मान, खेलकुद, कला संगीतमा शुभ, राजनीतिक क्षेत्रमा अशुभ, स्वास्थ्यमा पेट सम्बन्धी समस्या, कृषि कार्यमा नोक्सानी हुनेछ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो हुनेछ । मिथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : कर्कट राशिका लागि भाद्र दोस्रो साता आँखा सम्बन्धी समस्या, सरकारी कार्यमा अपमान, आर्थिक क्षेत्रमा धनलाभ । अनावश्यक खर्च, राजनीतिक क्षेत्रमा शुभ, सेना–पुलिसमा रहनेहरुलाई शुभ, विद्यार्थी वर्गमा लाभ, व्यापारमा नोक्सानी । पारिवारिक सम्बन्धमा चिसो, प्रेम तथा दाम्पत्य जीवनमा सुखद समाचार, कृषि, मनोरञ्जन क्षेत्र, कलाकारिता क्षेत्रमा रहनेहरुका लागि शुभ । अध्ययनमा रुची जाग्ने, व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : सिंह राशिकाका भाद्र दोस्रो साता अलि अहङ्कार बढ्ने, सरकारी क्षेत्रमा शुभ, आर्थिक क्षेत्रमा धनलाभ, विद्यार्थी वर्गका अध्ययनमा शुभ, नोकरी पेशा शुभ, कला–खेलकुदमा शुभ, राजनीतिक क्षेत्रमा शुभ, हड्डी र नशामा समस्या, वैदेशिक कार्यमा शुभ, कृषि, चौपाया सम्बन्धी काम पेशामा शुभ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । सिंह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : कन्या राशिका लागि भाद्र दोस्रो साता आर्थिक क्षेत्रमा धन हानी, कला, संस्कृति, खेलकुदका साथै राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा शुभ, सरकारी जागिरमा झन्झट आइपर्ने, व्यापार व्यवसायमा हानी नोक्सानी । प्रेम तथा दाम्पत्य जीवनमा सामान्य मनमुटाब, कृषि क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबढी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिँदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : तुला राशिका लागि भाद्र दोस्रो साता शारीरिक सुख, राज्यपक्षबाट मान सम्मान, विरोधी परास्त, खर्च बढ्ने । आर्थिक हानी, विद्यार्थी वर्गलाई शुभ, वैदेशिक यात्रा तथा वैदेशिक कायमा शुभ, सरकारी जागिर तथा नोकरीमा शुभ, व्यापार व्यवसायमा नोक्सान । प्रेम तथा दाम्पत्य जीवनमा अवरोध, स्वास्थ्यमा खराब, घरगृहस्थीको समस्या । साताको अन्तिम दिन भने तपाइँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : वृश्चिक राशिका लागि भाद्र दोस्रो साता स्वास्थ्य क्षेत्रमा रोगले सताउने, नयाँ कार्यको थालनी हुने, आर्थिक क्षेत्रमा सुधार, शारीरिक सुख, आर्थिक क्षेत्रमा लाभ, सरकारी जागिरमा लाभ । राजनीतिक, कला, सङ्गीत, खेलकुद क्षेत्रमा शुभ । विद्यार्थीवर्गका लागि अध्ययन अध्यापनमा शुभ, कार्यमा सफलता, धार्मिक यात्रामा शुभ, मान्यजनबाट लाभ, पेटेको समस्या देखा पर्नेछ । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : धनु राशिका ब्यक्तिका लागि भाद्र दोस्रो साता शारीरिक अल्छीपन । नोकरीमा अपजस, आर्थिक क्षेत्रमा धन नोक्सानी, रोग, राजनीतिक, कला, सङ्गीतका साथै खेलकुद क्षेत्रमा रहेकालाई प्रतिकूलता, विद्यार्थीवर्गका लागि अध्ययन अध्यापनमा अल्छि बढ्ने, व्यापार व्यवसायमा लाभ, कला सङ्गीत, खेलकुद क्षेत्रमा शुभ । कृषि क्षेत्रमा शुभ, विदेश यात्रा शुभ, स्वास्थ्य सम्बन्धी समस्यामा पेटको समस्या देखा पर्नेछ । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : मकर राशिका लागि भाद्र दोस्रो साता रोग, प्रशासनिक क्षेत्रमा ढिलासुस्ती, आर्थिक क्षेत्रमा धनलाभ, विद्यार्थीवर्गमा लाभ । सरकारी जागिरमा झन्झट, व्यापारमा शुभ, प्रेम तथा दाम्पत्य जीवनमा अशुभ । कृषि हानी नोक्सानी । खेलकुद, कला, राजनीतिक अशुभ । घरगृहस्थीमा अशुभ, वैदेशिक कार्यमा नोक्सान हुनेछ । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनःशनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : कुम्भ राशिका लागि भाद्र महिनाको दोस्रो साता प्रेम तथा दाम्पत्य जीवनमा खटपट, घरगृहस्थीमा झन्झट, राजनीतिक क्षेत्रमा हानी । कार्यमा ढिलासुस्ती, व्यापार व्यवसायमा सकारात्मक । दाम्पत्य जीवनमा खटपट बढ्ने छ । स्वास्थ्य खराब । वैदेशिक कार्यमा सफलता कृषि कार्यमा शुभ, खेल, कला, सङ्गीत, राजनीतिकमा अशुभ । गृहिणीका लागि अशुभ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : मीन राशिका भाद्र महिनाो दोस्रो साता विरोधी परास्त, शत्रुनाश, कार्यमा सफलता, प्रतिस्पर्धात्मक कार्यमा सफलता, सरकारी कार्य, प्रशासनिक क्षेत्रमा शुभ, मुद्दा मामिलामा विरोधी परास्त । आर्थिक क्षेत्रमा सुधार शुभ । विद्यार्थीवर्गका अध्ययनमा सफलता प्रेम तथा दाम्पत्य जीवनमा शुभ । विदेश सम्बन्धी कार्य गर्नेहरुका लागि नोक्सान । घरगृहस्थीका गृहिणीका झन्झट । राजनीतिक, कला संस्कृति, सङ्गीत, खेलकुद क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ