arrow

लडाकु विमानमाथि निगरानी गरेपछि नेटो सदस्य टर्की र ग्रीसबीच तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
Greece-put-radar-lock-on-Turkish-F-16-jets-with-S-300.jpg

काठमाडौं । टर्कीको राज्य सञ्चालित अनादोलु एजेन्सीका अनुसार ग्रीसको सतहबाट हावामा मार हान्ने मिसाइलले टर्कीको एफ-१६ लडाकु विमानमाथि निगरानी गरेको छ ।

छिमेकी एवं सँगी नेटो सदस्य ग्रीसले पूर्वी भूमध्यसागर र एजियन सागर माथि आफ्नो विमानलाई निशाना बनाएको टर्कीको यो पछिल्लो आरोप हो ।

ग्रीसको क्रेट टापुमा आधारित ग्रीक एस-३०० मिसाइल प्रणालीको राडारले मङ्गलवार टर्कीका जेटहरूलागि निगरानी गरेको एनाडोलुले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै आइतबार रिपोर्ट गरेको हो।

एफ १६ लडाकु विमानहरू ग्रीसको रोड्स टापुको पश्चिममा ३ हजार मिटरको उचाइमा थिए । त्यति बेला रूसी निर्मित एस-३०० को लक्ष्य ट्र्याकिङ राडार लक भएको रिपोर्टमा उल्लेख गरिएको छ।

टर्कीका विमानहरूले शत्रुतापूर्ण वातावरणको बाबजुद आफ्नो मिसन पूरा गरेर बेसमा फर्केको रिपोर्टमा उल्लेख गरिएको छ ।

नेटोको नियम अनुसार राडार लक अनहरू शत्रुताको कार्य मानिन्छ।

तथापि, ग्रीसको रक्षा मन्त्रालयका स्रोतहरूले उक्त आरोपलाई खारेज गरेका छन्। ग्रीसको एस-३०० मिसाइल प्रणालीले टर्कीका एफ-१६ जेटहरूमा कहिल्यै लक अन नगरेको स्रोतलाई उद्धृत गर्दै त्यहाँको सरकारी टेलिभिजन इर्टले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ