arrow

सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
cg-net-nirvana.jpg

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकम सँगको सहकार्यमा वहुप्रतिक्षीत आईपीटिभी सेवा सिजिनेट जोडी योजना सुरु गरेको छ। ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबार देखि सिजिनेट  मेगा जोडी र सिजिनेट  ग्राण्ड जोडी अफरको सुरु गरेको हो। यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन्।

आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन्। भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन्। ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरू हुनेछन्। यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन्। सिजिनेटले आफ्ना ग्राहकहरुकालागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा सुरु गरेको हो।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रूपमा उपलब्ध हुनेछन्।  स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ।

त्रैमासिक योजना अनुरूप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु २६४०, पपुलार जोडी  एमवीपिएसको साथमा आइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०  शुल्क लाग्ने छ।

यस्तै वार्षिक योजना अनुरूप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०, पपुलार जोडी  एमवीपिएसको साथमा आइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमा आइपी टिभीको रु १६४८८  शुल्क लाग्ने छ। यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सकालागि ग्राहकले एक पटक रु २६०० शुल्क तिर्नु पर्ने छ। यसकासाथै सिजिनेटले बदलिँदो समय अनुरूपमा निरन्तर रुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ।

सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी रु ३५९९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी रु २५४९९ मा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले यी जोडी प्याकेजहरू सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौँ उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्न नगर र कावासोती गरी ७ प्रमुख सहरहरूबाट यो सेवा सुनिश्चित गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ