arrow

माओवादी केन्द्र गोरखा संयोजकमा विष्णुप्रसाद भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
Bishnu pd bhatta.jpg

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको संयोजक विष्णुप्रसाद भट्ट चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्ष थिए ।

जिल्ला समन्वय समितिको सचिवमा दीपक तिमेल्सिना (साकार) नाम प्रस्ताव गरिएको उनले जानकारी दिए । उक्त प्रस्तावलाई जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने केन्द्रीय सदस्य थापामगरले बताए । 

बैठकले गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा अमर तुम र प्रदेशसभाअन्तर्गत १ (क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशीला सिंखडालाई चयन गरेको छ ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ (क) को इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा पम्फा बसेल र २ (ख) को इन्चार्जमा दीपक देवकोटा र सहइन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिए । 

गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङटार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दीपक तिमिल्सिना, सहिद लखन थापा गाउँपालिकाको इञ्चार्जमा कृष्णबहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोकप्रसाद बन्जरा (अक्कल) लाई चयन गरेको छ ।

ढसिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्यामकुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले जानकारी दिए । 

धार्चे गाउँपालिकाको इन्चार्जमा छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उनको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ