arrow

लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ भदौ १४ गते मंगलबार, इस्वीसंवत अगष्ट २६ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको प्रतिपदा तिथि रहनेछ । आज नक्षत्रमा हस्ता, विष्कुम्भादि योगमा शुभ, करणमा गर, आनन्दादि योगमा चर रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३१ घटि ४९ पला अर्थात १२ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४२ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२५ बजे हुनेछ । आज हरितालिका तीज पर्व ।

आजको राशिफल :

मेष : समय शुभ छ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ ।

वृष : समय खराब छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ ।

मिथुन : समय शुभ छैन । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ ।

कर्कट : समय शुभ छ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह : समय राम्रो छैन । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ । समस्यामा अल्मलिनु पर्दा शुभचिन्तकहरूले साथ छोड्न सक्ने देखिन्छ ।

कन्या : समय निकै राम्रो रहनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ । दाम कमाउने बेला छ । राम्रो समयको उपयोग गर्नुहोला ।

तुला : समय राम्रो छैन । शत्रुस्थानको चन्द्रमाले जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरमा दिएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ । समग्रमा समय खराब छ, सर्तक हुनुहोला ।

वृश्चिक : समय राम्रो छ । पेशा-व्यवसायमा राम्रै फाइदा हुनेछ । यसअघि रोकिएका कामहरू आजदेखि सूचारु हुने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरूले साथ दिनाले चिताएका काम बन्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

धनु : समय मध्यम खालको रहनेछ । आज स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

मकर : समय भरपर्दोे रहनेछैन । अनावश्यक कामका पछि दौडनुपर्नेछ । सामान्य काममा पनि ठूलै रकम खर्चनुपर्ने देखिन्छ । आजको यात्रा खर्चिलो बन्नेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ ।

कुम्भ : समय राम्रो छैन । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हात पार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग हुनुपर्ने देखिन्छ । आँटेको काममा अरूको मुख ताकेर नबस्नुहोला ।

मीन : आज समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

साइत :
बिहान ०५ः३९ बजेदेखि ०७ः१५ बजेसम्म चर बेला बिहान ०७ः१५ बजेदेखि ०८ः५२ बजेसम्म लाभ बेला बिहान ०८ः५२ बजेदेखि १०ः२९ बजेसम्म अमृत बेला बिहान १०ः२९ बजेदेखि १२ः०५ बजेसम्म काल बेला दिनमा १२ः०५ बजेदेखि १ः४२ बजेसम्म शुभ बेला दिनमा १ः४२ बजेदेखि ३ः१८ बजेसम्म रोग बेला दिनमा ३ः१८ बजेदेखि ४ः५५ बजेसम्म उद्वेग बेला साँझ ४ः५५ बजेदेखि ६ः३२ बजेसम्म चर बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ