arrow

कांग्रेस मोरङ ३ बाट डा सुनील शर्माको नाम सर्वसम्मत, संस्थापन समूहबाटै सहमतिलाई प्रस्ताव 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ भदौ १४ मंगलबार
dr-sunil-sharma-morang-congress-npbel.jpg

मोरङ । आसन्न प्रतिनिधि सभाको मंसिर ४ गतेको निर्वाचनको लागि मोरङ क्षेत्र नं ३ मा डा. सुनील शर्माको नाम सर्वसम्मतले सिफारिस भएको छ । मंगलबार क्षेत्रिय कमिटीको बैठकमा शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो ।

बैठकमा प्रतिनिधि सभाको लागि ६ जना व्यक्तिको नाम शुरुमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नामहरु डा. सुनील शर्मा, मित्रसेन योन्जन, जयराज लिम्बू, केशव दुलाल, गोपाल नेपालीलगायत एक जना महिला थिए  तर सबै प्रस्तावित गरिएका व्यक्तिहरुले बैठकमा शर्माको नाममा सहमति गरेका थिए ।

मोरङ ३ का मतदाताले किन चाहन्छन् डा सुनील शर्मालाई ?

यसैगरी मित्रसेन योन्जन, जयराज लिम्बु र बसन्त भट्टराईलाई समानुपातिकतर्फ उम्मेद्वार बनाउने सहमति भएको छ । बैठकमा कांग्रेस प्रदेश १ का प्रदेश सदस्य शिवप्रशाद ढकाल, गोपालबहादुर थापा लगायतका व्यक्तिहरु उपस्थित थिए ।

शर्माको नाममा प्रदेश सदस्य शिव ढकाल, महेन्द्र सुवेदी, ललित श्रेष्ठ, लोकप्रसाद सङ्ग्रौला , गोपाल थापा, शेखरचन्द्र थापा र सुयर्मा राईले समेत सहमति जनाएका छन् । 

बैठकमा ६ जना व्यक्तिको नाम उठेपछि कांग्रेसको संस्थापन समूहले नै शर्माको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो । त्यस्तै गोपाल थापा, शिव ढकाल, ललित श्रेष्ठलाई प्रदेशको समानुपातिकतर्फ उम्मेद्वार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ