arrow

बागमती र गण्डकीमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
climate.jpg

काठमाडौं । आज बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

हाल देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ।

अहिले गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेस, बागमती र लुम्बिनी प्रदेश र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ