arrow

बाइडेनले यसरी सम्झे शितयुद्धका अन्तिम नेता गोर्भाचेभलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
mikhail-gorbachev.jpg

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार रुसी राजधानी मास्कोमा ९१ वर्षको उमेरमा निधन भएका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई विश्वलाई सुरक्षित स्थान बनाउने ‘दुर्लभ नेता’ को रूपमा टिप्पणी गरेका छन् ।

‘यी दुर्लभ नेताका यस्ता कार्य थिए–एउटा भिन्न भविष्य सम्भव छ भन्ने कल्पना र  साथ हेर्ने र यसलाई प्राप्तिका लागि आफ्नो सम्पूर्ण करिअरलाई जोखिममा राख्ने साहस’ बाइडेनले अगाडि भनेका छन् ‘त्यसको परिणाम सुरक्षित संसार र लाखौँ मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो ।’ गोर्भाचेभ महत्वपूर्ण भिजन भएका व्यक्ति भएको पनि बाइडेनले बताए । 

लामो समयदेखि बिरामी भएका गोर्भाचेभको मंगलबार निधन भएको थियो । सन् १९८५ देखि १९९१ सम्म शक्तिमा रहेका उनले अमेरिका र सोभियत सम्बन्धलाई सुधार्न सहयोग गरे र उनी शितयुद्धका अन्तिम नेता हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ