आस्वा शुल्क नलिने तँछाडमछाड, नेपाल बैंकबाट पनि निःशुल्क
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
1.6k
Shares
काठमाडौं । नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।
योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।