arrow

आमिरले मागे माफी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
aamir-khan-china.jpg

काठमाडौं ।  बलिउडका अभिनेता आमिर खानले आफ्नो गल्तीको लागि माफी मागेका छन् ।  बुधबार इन्स्टाग्राममा भिडियो सेयर  गर्दै अभिनेताले माफी मागेका हुन् ।  

हाल आमिर आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । उनले शेयर गरेको भिडियोमा एक व्यक्तिले भनेका छन् ‘यदि मैले कुनै प्रकारले तपाईँको मनलाई चोट पुर्‍याएको छु भने मन, वचन, शरीरले माफी चाहन्छु’  ।

भिडियोमा भनिएको छ 'मिच्छामि दुखणम... हामी सबै मानव हौं, र गल्तीहरू मानिसहरूबाट हुन्छन्। कहिले शब्दले, कहिले कार्यले, कहिले नजानेर, कहिले रिसमा, कहिले ठट्टामा, कहिल्यै नबोल्नुमा । यदि मैले कहिले पनि तपाईँको मन दुखाएको छु भने मन,वचन, शरीरले माफी माग्छु।'

मिच्छामि दुखणम जैन धर्मको सबैभन्दा महत्त्वपूर्ण पर्व हो, यसलाई दशलक्षण पर्व पनि भनिन्छ। यस पर्वमा सार्वजनिक रूपमा क्षमा याचना माग्ने गरिन्छ। यो पर्वको अन्तिम दिनलाई ‘क्षमा दिवस’का रूपमा मनाइन्छ । 

यस अवधिमा मानिसहरूले एक-अर्कालाई बितेको वर्षमा भएका गल्तीहरूको लागि माफी माग्छन्। यस शब्दको अर्थ यो हो कि मैले जे नराम्रो गरेको छु त्यो फलरहित हुनुपर्छ। यो पर्वमा आमिर खानले माफी मागेका छन् ।

११ अगस्तमा रिलिज भएको लाल सिंह चड्ढा अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्स अफिसमा पूर्ण रूपमा फ्लप साबित भएको छ । फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।



नयाँ