arrow

एक निर्वाचन क्षेत्र रहेको डोटीमा १६ आकाङ्क्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
nepali-congress-flag-tree00.jpg

डोटी । मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट १६ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेपछि आकाङ्क्षी उम्मेदवारहरूले बिहीबार आवेदन दिएका छन् ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रत्यक्ष तर्फ ९ जना र समानुपातिकतर्फ ७ जना गरी जम्मा १६ जना आकाङ्क्षी नेताहरूले नाम दर्ता गराएका छन् ।

नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुरसिंहका अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायर, पूर्व पार्टी सभापति एवं पूर्व मन्त्री भक्त बहादुर बलायर, सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, पूर्व सभापति एवं महाधिवेशन प्रतिनिधि यज्ञराज पाठक, पूर्व केन्द्रीय सदस्य आनन्द विष्ट, महासमिति सदस्य जितेन्द्र विक्रम शाही, नेवि सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाही र तरुण दलका पूर्व केन्द्रीय सदस्य हर्क बहादुर देउवाले नाम दर्ता गराएका छन् ।

त्यस्तै समानुपातिकतर्फ संविधानसभा सदस्य कल्पना सोप, नेताहरू प्रसिस महरा, मुक्तिनाथ शर्मा, पदम सिंह मल्ल, पूर्ण सिंह कठायत, दिल बहादुर शाही र योगेन्द्र माझी (गोपाल) ले नाम दर्ता गराएको सभापति सिंहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ