arrow

निधीले गरे धनुषामा मन्त्री यादवको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
ramsaroj-yadhav.jpg

धनुषा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर-३ (क) को प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको एकल नाम सिफारिस भएको छ  । 

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीको विशेष उपस्थितिमा भएको प्रदेश स्तरीय विस्तारित बैठकबाट मन्त्री यादवको नाम निधीले सिफारिस गरेका हुन् ।   यादव २०७४ को निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर-३ (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै समानुपातिकतर्फ १० पुरुष र ५ जना महिलाको नाम प्रस्ताव भएको छ ।

समानुपातिक सम्बन्धी निर्णय गर्नका लागि पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेका संसदीय दलका नेता रामसरोज यादव, क्षेत्र नम्बर ३ (क) का सभापति छेदी राउत र क्षेत्रीय सभापति धिरेन्द्र कुमार निधीसहित ३ जनाको समिति बनाइएको छ। उनीहरू तीन जनाले समानुपातिक उम्मेदवारको नाम छनोट गर्ने जिम्मेवारी पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ