- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन् २०२२ ओस्कर अवार्ड समारोहमा थप्पड खाएका कमेडियन क्रिस रकले पुन ओस्कर अवार्डको कार्यक्रम संचालन गर्न अस्वीकार गरेका छन् ।
लोकप्रिय अभिनेता विल स्मिथले समारोहमा क्रिस रकलाई थप्पड हानेका थिए । अब क्रिस रकले अर्को वर्षको ओस्कर आयोजना गर्न अस्वीकार गरेका हुन् । उनलाई २०२३ को ओस्कर अवार्ड होस्ट गर्ने अफर आएको थियो तर उनले त्यो अफर अस्वीकार गरेका छन् । यसको पछाडिको कारण विल स्मिथको थप्पड रहेको बताइएको छ ।
सन् २०२२ मा स्टेजमा भएको घटनालाई उनले भुल्न सकेका छैनन् । क्रिस रकले विल स्मिथकी श्रीमतीको बारेमा एउटा जोक भनेका थिए, जसका कारण विल स्मिथले उनलाई थप्पड हानेका थिए । विल स्मिथले आफ्नी श्रीमती जाडा पिन्केट स्मिथलाई लागेको रोगलाई कमेडियन क्रिस रकले मजाक बनाएपछि थप्पड हानेका थिए।
जाडा पिन्केट स्मिथको कपाल एलोपेसियाका कारण झरेको छ । यो धेरैलाई हुने कपाल झर्ने समस्या हो । यो कुरालाई लिएर कमेडियन रकले समारोहमै मजाक उडाएका थिए ।
यद्यपि, विल स्मिथले क्रिस रकसँग एक पटक होइन दुई पटक आफ्नो व्यवहारको लागि माफी मागेका थिए।
विल स्मिथलाई उनको कार्यका कारण १० वर्षसम्म कुनै पनि अवार्ड शो वा कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । 'नेभाडा राज्यले म र स्मिथ बीचको झगडालाई स्वीकार गर्दैन। विल स्मिथलाई थप्पड हान्दा उनलाई यति महँगो परेको छ ओस्कर मात्र होइन, कुनै पनि विज्ञापनमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।' क्रिस रकले भनेका छन् ।