arrow

ट्रम्प समर्थकले अमेरिकी डेमोक्रेसी खतरामा पार्‍यो- बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
trump-biden.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन' (मागा) एजेन्डाका समर्थकहरू लोकतन्त्रका लागि खतरा भएको बताएका छन् । पेन्सिलभेनियामा प्राइमटाइम भाषणमा बोल्दै बाइडेनले भनेका छन्, 'मागा सेनाहरू यस देशलाई पछाडि लैजान कटिबद्ध छन् ।'

रिपब्लिकनका शीर्ष लिडर केभिन म्याकार्थीले बाइडेनले  'अमेरिकाको आत्मालाई गम्भीर चोट पुर्याएको' भन्दै उनको आलोचनाको जवाफ दिएका छन् ।

अमेरिकी मध्य अवधि चुनावको दुई महिनाअघि यस्ता विवादास्पद भाषणहरू आएका हुन् । मध्यवर्ती निर्वाचनले वाशिंगटनमा शक्ति सन्तुलन निर्धारण गर्नेछ ।

डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाइडेनले बिहीबार राति फिलाडेल्फियाको इन्डिपेन्डेन्स हलबाट आफ्नो भाषण दिएका थिए । त्यहाँ नै अमेरिकी स्वतन्त्रताको घोषणामा हस्ताक्षर भएको थियो । भाषणका क्रममा बाइडेनले  'अमेरिकाको आत्मा' लाई पुनर्स्थापित गर्ने आफ्नो सन् २०२० को अभियानको विषयसमेत उठाएका छन् ।

उनले दुई वर्षअघि ट्रम्पलाई मतदान गर्ने सबै ७ करोड ४० लाख अमेरिकीहरूको निन्दा नगरेको बताएका छन्। 'हरेक रिपब्लिकन होइन, रिपब्लिकनहरूको बहुमत पनि मागा रिपब्लिकन होइन,' उनले भनेका छन् ।

बाइडेनले अघि भनेका छन्, 'तर त्यहाँ कुनै प्रश्न छैन कि आज रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्प र मागा रिपब्लिकनहरूद्वारा हाबी भएको छ, संचालित छ, डराएको छ र यो यस देशको लागि खतरा हो ।'

रिपब्लिकनले भने यो टिप्पणीलाई लिएर बाइडेनले माफी माग्नु पर्ने बताएको छ । अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनका नेता म्याकार्थीले बाइडेनको गृहनगर पेन्सिलभेनियाको  स्क्र्यान्टनबाट बोल्दै राष्ट्रपतिले आफ्ना सँगी अमेरिकीहरूलाई विभाजित गर्न, अपमान गर्ने र बेइज्जत गर्न खोजेको बताएका छन् ।

उनले बाइडेनको नीतिसँग अरु असहमत भएको बताउँदै लिडरसीप यस्तो नहुने बताएका छन् । उनले बाइडेनले 'दशौं लाख अमेरिकीहरूलाई फासीवादी भनेर निन्दा गरेकोमा माफी माग्नुपर्ने' बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ