arrow

यी हुन् सुनसरी–१ मा कांग्रेसबाट सिफारिसमा परेका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
congress-sunsari-.jpg

धरान । नेपाली कांंग्रेसले सुनसरी १ बाट मंसिर ४ गते हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार प्रदेशसभा सुनसरी–१ को क बाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, संदिप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्वु, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्रचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शंकर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा ९झा० को नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेश सभा २ बाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई (महिला) को नाम सिफारिस गरिएको छ भने प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष विक, मन्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्दबहादुर बस्नेत, पुजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राई सिफारिसमा परेका छन् ।

त्यसैगरी सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ भने प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्राडा गोविन्दबहादुर तुम्वाहाङ, विनोदकुमार राई, भिष्म काप्mले, डा आनन्दप्रसाद आचार्य, मिना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पुर्ण सुवेदी, प्रेम पौडेल, पूर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराई सिफारिसमा परेका छन् ।
 



नयाँ