- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । किराँत संस्कृति झल्काउने ‘भुइँसोरी सेवा’को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । यो गीत पत्रकार–लेखक सचित राईले लेखेका हुन् । गायक थिरज राई र गायिका नुमा राईले स्वर दिएका छन् । संगीत गायक राईले नै भरेका हुन् भने संगीत संयोजन फणीन्द्र राईले गरेका छन् ।
यो गीतको भिडियोमा कलाकार सीता राई र माई लाइफ सुनुवारले अभिनय गरेका छन् । यसका निर्देशक जया टी वाइबा (सानु लामा) छन् ।
कोरियोग्राफी किरात बिन्द्र राईले गरेका हुन् । ‘हामीले यो गीतमार्फत किरात संस्कृतिलाई देखाउने प्रयास गरेका छौं’, गायक थिरजले भने, ‘यसमा दर्शकको साथ रहने विश्वास लिएका छौं ।’
यसअघि थिरजको संगीत र सचितकै शब्द रहेको ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको थियो ।
जुन गीतमा राजेशपायल राई र मेलिना राईको स्वर थियो । उक्त साकेला गीतमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राईलगायत धेरै चर्चित कलाकारले अभिनय गरेका थिए ।