arrow

रोकिएका काम पूरा गर्ने मौका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ भदौ १८ गते शनिबार, इस्वीसंवत सेप्टेम्वर ३ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको सप्तमी तिथि रहनेछ । आज नक्षत्रमा अनुराधा, विष्कुम्भादि योगमा वैधृति, करणमा वणिज, आनन्दादि योगमा अमृत रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३३ पला अर्थात १२ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४४ मिनेटमा यमण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२१ बजे हुनेछ ।

आजको राशिफल :

मेष : समय खराब रहनेछ । आठौं स्थानमा भ्रमण गरिरहेका चन्द्रमाको प्रचावले मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृष : स्वास्थ्य राम्रो रहनेछ । सातौं स्थानमा चन्द्रमा छन्, त्यसैले दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिंगीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुन : समय शुभ रहनेछ । छैटौं स्थानको चन्द्रमाको प्रभावले अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट : समय भरपर्दो रहनेछैन । पाचौं स्थानमा चन्द्रमा डुल्डैछन् । त्यसैले सोंचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्न सक्ने छ । अस्वस्थता बढ्न सक्ने गोचरले लक्षित गरिरहेको छ । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंह : समय खराब छ । चौथो स्थानमा चन्द्रमा छन् । त्यसैले बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ । आज अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना तथा शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न बगलामुखी र शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्या : समय शुभ छ । तेस्रो स्थानमा दौडिरहेका चन्द्रमाको प्रभावले मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवं पक्षका व्यक्तित्वसँग महत्वपूर्ण उपलब्धि लिन सकिनेछ । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुला : समय अत्यन्तै खराब छ । किनकि दोस्रो स्थानमा चन्द्रमा डौडिरहेकाले नकारात्मक प्रभाव पर्नेछ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । आज नाता-कुटुम्बसंग सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, पूजा तथा आराधना, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार पीपलमा जल चढाई कागलाई खानेकुरा दिनले ग्रहपिडा कम हुनेछ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुपर्नेछ भने हनुमान चालिसाको पाठ गर्दा राम्रो हुनेछ ।

वृश्चिक : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् त्यसैले व्यवहारिक कुशलता बढ्नाले मान्छेहरुको ध्यानाकर्षण गर्न सकिने छ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर परेको छ । ईच्छित कार्य पूर्णताका लागि दृढताको साथमा अगाडि बढ्न सक्नुहुनेछ । सामाजिक जिम्मेवारी पनि थपिन सक्नेछ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, दान-पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । काली भगवती र हनुमानजीको पूजा-आराधना गर्नाले शनिको साढेसाती दोष कम हुनेछ ।

धनु : समय खराब छ । १२औं भावमा चन्द्रमा छन् त्यसैले मनमा विना कामका चिन्ताले सताउनेछन् । आफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन । आज सकेसम्म पश्चिम दिशाको यात्रा नगर्नुहोला । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठका साथै शिवजीको उपासना लाभदायी रहनेछ । शनिबार पीपलमा जल अर्पण गर्दा शनि शान्तिका लागि उत्तम हुनेछ । यो राशि भएका व्यक्तिले आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ ।

मकर : समय अनुकुल रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेकाले पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्न सकिने छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । हरेक मंगलबार हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । भोका व्यक्ति र निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ : समय मध्यमखालको रहनेछ । चन्द्रमा १०औं भावमा चन्द्रमा छन् त्यसैले शारीरिक जोश जाँगर बढ्ने छ । यसअघि रोकिएका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन : समय खराब रहनेछ । नवौं भावको चन्द्रमाका कारण स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ, चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । निमुखा प्राणीहरूलाई आहार दिने र घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइत :
आजको शुभ लाभादि बेला बिहान ०५ः३९ बजेदेखि ०७ः१५ बजेसम्म काल बेला बिहान ०७ः१५ बजेदेखि ०८ः५२ बजेसम्म शुभ बेला बिहान ०८ः५२ बजेदेखि १०ः२९ बजेसम्म रोग बेला बिहान १०ः२९ बजेदेखि १२ः०५ बजेसम्म उद्वेग बेला दिनमा १२ः०५ बजेदेखि १ः४२ बजेसम्म चर बेला दिनमा १ः४२ बजेदेखि ३ः१८ बजेसम्म लाभ बेला दिनमा ३ः१८ बजेदेखि ४ः५५ बजेसम्म अमृत बेला साँझ ४ः५५ बजेदेखि ६ः३२ बजेसम्म काल बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ