arrow

अर्थमन्त्री शर्माले बाँकेको नरैनापुरका जनतालाई दिए भोकै बस्न नदिने प्रतिवद्धता

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ भदौ १८ शनिबार
janardan-sharma-2079-05-17.jpg

नेपालगञ्ज । अर्थमन्त्री जनार्दन शर्माले बाँकेको नरैनापुरको स्थलगत निरीक्षण गरेका छन् । यस वर्ष खडेरीका कारण सुख्खा भएको नरैनापुरको निरीक्षण गर्न मन्त्री शर्मा शुक्रबार त्यहाँ पुगेका हुन् । 

गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर प्रदेश र संघ सरकारलाई राहतका लागि दबाब दिइरहेको छ । पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मन्त्री शर्मालाई नेपालगञ्जमा भेटेर गाउँपालिका अध्यक्ष शाहले निरीक्षणका लागि निम्तो दिएका थिए । 

त्यस क्षेत्रकी प्रदेश सांसद कृष्णा केसी नमुनासहित नरैनापुर पुगेका उनले त्यहाँको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेर आवश्यक निर्णय लिइने बताए । 

उनले सुख्खा भएको क्षेत्रमा तत्काल मकै बाली लगाउन सकिने सुझाबसमेत दिए ।

अर्थमन्त्री शर्माले नरैनापुरका जनतालाई भोकै रहन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘यहाँका दाजुभाइ दिदीबहिनीहरुलाई भोकै बस्न दिइँदैन, यो प्रतिवद्धता म यहाँ जनाउन चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ