arrow

प्रचण्ड बुहारी बिनाको क्षेत्रबाट कांग्रेसले पठायो दिवानको नाम सर्वसम्मत 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ भदौ १८ शनिबार
bina-magar-diwan-singh.jpg

कञ्चनपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी  बुहारी बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर १ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसले संविधान सभा सदस्य दिवानसिंह विष्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । 

मंसिर ४ मा हुने निर्वाचनमा संघीय र प्रदेश निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरिने केन्द्रले सहमति गरे पनि सुदूर पश्चिमको कञ्चनपुर १ मा भने नेपाली कांग्रेसले एकल उम्मेदवारका रुपमा प्रदेश समितिहरुले संविधानसभा सदस्य विष्टलाई सर्वसम्मत सिफारिस गरी पठाएको छ । 

मातहतका समितिहरुले संविधानसभा सदस्य विष्टको नाम सर्वसम्मत पठाए पछि क्षेत्रीय कार्य समितिले उहाँलाई पार्टीका तर्फबाट सर्वसम्मत उम्मेदवार निर्णय गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का  सभापति गोपीप्रसाद उपाध्यायले  बताए । त्यसैगरी कञ्चनपुर १ बाट समानुपातिकतर्फ किस्नादेवी गिरीलाई निर्णय गरिएको क्षेत्रीय सभापति उपाध्यायले बताए । 

नेपाली कांग्रेस कञ्चनपुर १ ले पार्टीका तर्फबाट एकल नाम सिफारिस गरेपछि गठबन्धनबाट उम्मेदवार बन्ने तयारी गरिरहेकी पूर्व मन्त्री बिनालाई असहज हुने देखिएको छ । 

आफू पद र सत्तामा रहेका बेला निर्वाचन क्षेत्रको विकासमा ध्यान नदिएकी माओवादी नेतृ मगरप्रति मतदाता सन्तुष्ट देखिएका छैनन् । पर्यटक नेताका रुपमा चिनिएकी नेतृ मगरको कार्यशैलीबाट असन्तुष्ट भएर उनको निर्वाचन क्षेत्रबाटै प्रभावशाली माओवादी नेता कार्यकर्ताले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । 

माओवादी नेतृ मगरको क्षेत्रमा घट्दो लोकप्रियताका कारण नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्यको पद आफूले नछोड्ने अडानमा पुगेको छ ।  कांग्रेसले क्षेत्रमा आफ्नो दाबी नछोड्ने अडान लिएपछि गठबन्धनको सहाराले चुनाव जित्ने माओवादी नेतृ मगरको रणनीति असफल बन्ने देखिएको छ । 

त्यसैगरी नेपाली कांग्रेस कञ्चनपुर १ ले प्रदेश सभा सदस्यतर्फ पनि आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रदेश क मा प्रत्यक्षतर्फ अमरजन साउद , कृष्णबहादुर तामाङ , जगदिश राना , तुलाराम राना , दाउत तामाङ , बन्धु राना , भरतबहादुर विष्ट , शुकबहादुर तामाङ र हरिप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । 

प्रदेश समानुपातिकतर्फ अजव सिंह राना, चमेली तामाङ, ठगी राना, तनुराज पन्त, दिर्घ सिंह ठकुरी, प्रेमबहादुर थापा, बिन्दु श्रेष्ठ र मिरा चन्दको नाम सिफारिस गरेको छ । 

त्यसैगरी प्रदेश ख समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, प्रदेश ख का सभापति चेतनकुमार राई, महाधिवेशन प्रतिनिधि जनक सिंह धामी, क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिस गरिएको छ । 

प्रदेशतर्फ समानुपातिक सूचीमा कृष्णबहादुर दमाई, चन्द्रबहादुर सिंह, दानबहादुर पाण्डे, प्रकाशराज पन्त, राधिकादेवी जोशी, लालबहादुर रावत, शेरसिंह टेर र सगुना रानालाई सिफारिस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ