arrow

तालिबानी धर्मगुरूसहित अठार मारिए, तेइस घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
afghanistan-tv.jpg

हेरात । पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन् । 

हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ‘भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन् । अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो । 

विष्फोटमा मारिएका प्रमुख धर्मगुरू मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए । उनलाई तालिवानले प्रमुख धर्मगुरूका रूपमा मानेको थियो । धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ