arrow

आज समय शुभ हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ भदौ १९ गते आइतबार, इस्वीसंवत सेप्टेम्वर ४ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको अष्टमी तिथि रहनेछ । आज नक्षत्रमा ज्येष्ठ, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा बब, आनन्दादि योगमा काण रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३१ घटि २९ पला अर्थात १२ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४१ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२० बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज भने समय खराव रहनेछ । समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ । शुभअंक ः १ र ११, शुभरंगः रातो, स्वामीराशिः मंगल ग्रह ।

वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । शुभअंकः ४ र १२, शुभरंगः नीलो, स्वामीराशिः शुक्र ग्रह ।

मिथुन : आज समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । शुभअंकः १ र ५, शुभरंगः हरियो र खैरो, स्वामीराशिः बुध ग्रह ।

कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग, ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । शुभअंकः २ र ६, शुभरंगः सेतो, स्वामीराशिः चन्द्रमा ग्रह ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ । शुभअंकः ३ र ७, शुभरंगः गुलावी र हल्का रातो, स्वामीराशिः सूर्यमा ग्रह ।

कन्या : आज भने समय अत्यन्त शुभ छ । पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ । व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ । साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुने । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । शुभअंकः ४ र ६, शुभरंगः हरियो र हल्का रातो, स्वामीराशिः बुधमा ग्रह ।

तुला : आज भने समय अत्यन्तै खराब छ । सानातिना व्यवहारमै अल्झनुपर्ला । आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शुभअंकः ५ र ९, शुभरंगः निलो, स्वामीराशिः शुक्र ग्रह ।

वृश्चिक : आज समय अत्यन्तै राम्रो छ । व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्यमय रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । शुभअंकः ६ र १०, शुभरंगः रातो, स्वामीराशिः मंगल ग्रह ।

धनु : आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । शुभअंकः ७ र ११, शुभरंगः पहेंलो, स्वामीराशिः वृहस्पति ग्रह ।

मकर : आज स्वास्थ्य सबल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला । शुभअंकः ८ र १२, शुभरंगः कालो, स्वामीराशिः शनि ग्रह ।

कुम्भ : आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ । शुभअंकः १ र ९, शुभरंगः कालो, स्वामीराशिः शनि ग्रह ।

मीन : आज पनि समय मध्यम खालको छ । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । शुभअंकः २ र १०, शुभरंगः पहेंलो, स्वामीराशिः वृहस्पति ।

साइत :
आजको शुभ लाभादि बेला बिहान ०५ः३९ बजेदेखि ०७ः१५ बजेसम्म उद्वेग बेला बिहान ०७ः१५ बजेदेखि ०८ः५२ बजेसम्म चर बेला बिहान ०८ः५२ बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला बिहान १०ः२९ बजेदेखि १२ः०५ बजेसम्म अमृत बेला दिनमा १२ः०५ बजेदेखि १ः४२ बजेसम्म काल बेला दिनमा १ः४२ बजेदेखि ३ः१८ बजेसम्म शुभ बेला दिनमा ३ः१८ बजेदेखि ४ः५५ बजेसम्म रोग बेला साँझ ४ः५५ बजेदेखि ६ः३२ बजेसम्म उद्वेग बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ