काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र कर बुझाउन सात वटा क्यासिनोलाई ताकेता दिएको छ ।
पटक पटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन तोकता दिइएको हो ।
महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५-०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको र सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा शिवराज अधिकारीले जानकारी दिए ।