arrow

दाङबाट पूर्व मुख्यमन्त्री शंकर पोख्रेल सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
Shankar-Pokharel1-1619947417.jpg

दाङ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेल दाङ क्षेत्र नं २ बाट उम्मेदवार सिफारिस  भएका छन् । 

नेकपा(एमाले)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट एमाले महासचिव समेत रहेका   पोख्रेललाई उम्मेदवार सिफारिस गरेको हो । 

महासचिव पोखरेललाई पार्टीको क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

 पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ (क)  बाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ