arrow

एमालेद्वारा पाल्पामा उम्मेदवार सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
Palpa_District.png

पाल्पा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले)ले पाल्पाबाट उम्मेदवार सिफारिस गरेको छ । जिल्लामा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्य रहेको छ । 

क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ । 

क्षेत्र नं २ मा भने एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेको एकल उम्मेदवारी परेको छ । आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उमेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । 
    
क्षेत्र नं १ प्रदेश सभा (क) बाट राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारु तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस हुनुभएको छ । प्रदेश सभामा (ख) बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारु, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुल्सीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस भएका छन् । 



नयाँ