- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । दुई वर्ष कोरोनाका कारणले देशभर रहेका झन्डै आधा दर्जन इँटा उद्योग धराशायी भएका छन् । कोभिडका कारणले इँटा उत्पादन क्षेत्रमा नराम्रो प्रभाव परेको छ ।
देशभर १२ सय इँटा उद्योग रहेकोमा ४ सय इँटा उद्योग बन्द भएको अध्यक्ष चक्र बहादुर चन्दले बताए । उनले भने तेलको भाउ बढी रहेका कारणले पनि इँटा उत्पादन गर्नमा कठिन समस्या रहेको बताए । उनका अनुसार हामीहरूले उत्पादन गरेको इँटा भ्याट सहित १४ रुपियाँमा बेच्ने गरेको र बैङ्कले बढाएको ब्याजदरले हामी इँटा व्यवसायी र्माकामा परेको बताए ।
बैङ्कले ब्याजदर वृद्धि गरी डबल डिजिट कायम गर्दा सरल कर्जा पाउन कठिन भएको गुनासो गरे उनले भने , इँटा व्यवसायले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गरेको छ । उद्योगहरूमा थप लगानी गर्न नसक्दा बैङ्कले लगानी नगर्दा देशभरका ७० प्रतिशत इँटा उद्योगहरूले उत्पादन बन्द गर्ने अवस्थामा पुगेको बताए ।
नेपाल सरकारले विकास पूर्वाधारमा लगानी नगरे देशभरका करिब ८ सय इँटा उद्योगहरू धराशायी हुनुका साथै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए । इँटा उद्योगहरूले प्रत्यक्ष रूपमा ३ लाख अप्रत्यक्ष रूपमा ३ लाख गरी ६ लाख नेपाली कामदारहरूलाई रोजगारीको सिर्जना गरेको जानकारी दिए ।
दक्ष जनशक्ति उत्पादन गर्न इँटा व्यवसायले सिटिभिटी सँग छलफल गरेको पनि जानकारी दिए । वातावरण मैत्री गुणस्तरीय इँटा विकासको आधार नेपाली माटो नेपाल मै रोजगारी भन्ने मूल नाराका साथ नेपाल उद्योग महासघाको १४ औं वार्षिक साधारण सभा धनगढीको रुवस होटलमा हुने भएको छ ।
आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू रहने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।