arrow

भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
manoj-pandey-bidhya-devi-bhandari.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छिन् । 

सोमबार अपरान्ह शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति भण्डारीले भारतीय सेना प्रमुख पाण्डेलाई  नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन्।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले राष्ट्रपति भण्डारीले भारतीय सेना प्रमुख मनोज पाण्डेलाई सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।

 भारतीय सेनाध्यक्ष पाण्डेद्वारा विभिन्न सैन्य सामग्री हस्तान्तरण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ