arrow

बारा १ मा कांग्रेसबाट उमाकान्त चौधरीको एकल सिफारिस 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ भदौ २१ मंगलबार
Umakanta-Chaudhari.jpg

बारा । बारामा रहेको ४ वटा संघीय निर्वाचन क्षेत्रमा आ–आफ्ना दलका उम्मेदवार तय गर्न माथिल्लो निकायमा सिफारिस गरेका छन् । बारा क्षेत्र नं १ मा नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । 

यो क्षेत्र कांग्रेसको बलियो क्षेत्रका रुपमा पनि हेरिन्छ । २०७४ को निर्वाचनलाई हेर्ने हो भने तत्कालीन नेकपा माओवादी र नेकपा एमालेले गठबन्धन गरी निर्वाचनमा सहभागी हुँदासमेत कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले जित हासिल गरेका थिए । 

चौधरीले २४,४५० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अच्युतप्रसाद मैनालीले २२,०३० मत प्राप्त गरेका थिए भने तेश्रो बनेको तत्कालीन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार रामकिशोरप्रसाद यादवले २०,१४४ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनलाई हेर्दा तत्कालीन राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका थिए । 

नेपाली कांग्रेसबाट उमाकान्त चौधरीको नाम सिफारिस हुँदा नेकपा एमालेले भने दुई जनाको नाम सिफारिस गरेको छ । संविधान सभा सदस्य एवं तत्कालीन मन्त्री पुरुषोत्तम पौडेल र अच्युतप्रसाद मैनालीको नाम सिफारिस गरेको छ । पौडेल २०७० को संविधान सभा निर्वाचनमा विजयी भएका थिए भने मैनाली २०७४ को निर्वाचनमा चौधरीसँग २ हजार ४ सय २० मतान्तरले पराजित भएका थिए । 

जनता समाजवादी पार्टी नेपालले दुई जनाको नाम सिफारिस गरेको छ । रामबाबुप्रसाद कुशश्वाहा र मनिष यादवको नाम सिफारिस गरेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ओमप्रकाश चौधरीको नाम एकल सिफारिस गरेको छ । 

जसपा र  लोसपाले सिफारिस गरेका व्यक्तिहरु नयाँ अनुहार हुन् । सत्ता साझेदार दलबीचको गठबन्धनका तर्फबाट उम्मेदवार बन्दा अझ जित सहज हुने देखिन्छ ।  
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ